तरलता बढेपछि अन्तरबैंक ब्याजदर साढे दुई प्रतिशत भन्दा कम

राष्ट्रबैंकको पछिल्लो तथ्यांकले अन्तरबैंक ब्याजदर साढे दुई प्रतिशत भन्दा कम पुगेको देखाएको छ ।

जुलाई ६ तारिखको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर घटेर २.४६ प्रतिशतमा झरेको छ । अघिल्लो दिन यस्तो ब्याजदर ३.४१ प्रतिशत रहेको थियो । बैंकमा तरलता समस्या हुँदा एकआपसलाई दिने ओभरनाइट सापटीमा लगाइने यस्तो ब्याजदर तरलता सहज हुँदा घटेर न्यून विन्दुमा पुगेको हो ।

अन्तरबैंक ब्याजदर सँगसँगै बैंकहरुको औसत सिडि रेसियोसमेत निकै सहज अवस्थामा पुगेको छ । असारको अन्त्यमा बैंकहरु कर्जा प्रवाह भन्दा कर्जा उठाउन ज्यादा सक्रिय रहँदा सिडि रेसियो सहज अवस्थामा पुगेको हो । जुलाई छ को तथ्यांकअनुसार सिडि रेसियो घटेर ८२.८८ विन्दुमा झरेको छ ।

निक्षेपमा लगातार वृद्धि हुँदै जानू र कर्जाको माग कम हुनुले पनि सिडि रेसियो खुकुलो भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button