प्रतिनिधिसभा बैठक आज तीन बजे बस्ने, गतिरोध भने कायमै

प्रतिनिधिसभा बैठक आज तीन बजे बस्ने तालिका रहेको छ ।

आज बस्ने बैठकमा ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८०’ पारित गर्ने, ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्ने लगायतका कार्यसूची छ । यसैगरी कानुनमन्त्री धनराज गुरूङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव पनि पेश गर्ने कार्यक्रम छ ।

यसैगरी हिजो प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफल अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई आज सम्बोधन गर्ने पनि जनाइएको छ । उनले दिएको अभिव्यक्तिलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

तर हिजै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रम दाहालको राजीनामाले मात्रै गतिरोध अन्त्य हुने अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button