सुनचाँदीको मूल्य आइतबारदेखि स्थिर

यो साताको कारोबारको तेस्रो दिनसम्म पनि सुनचाँदीको मूल्यमा घटबढ भएको छैन ।

निरन्तर घटबढ हुने सुनचाँदीको मूल्य आइतबार देखि स्थिर रहेको छ । मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७ सय ५० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी महासंघले आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button