पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षीया बालिकाको मृत्यु

पर्वतको कुश्मा बजारबाट दुर्लुङ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ ।

ग १ ज ५२२९ नम्बरको जीप कुुुश्मा नगरपालिका-३ दुर्लुुुङमा शनिबार राति दुर्घटनाग्रस्त हुँदा सात वर्षकी सितल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा चालक सहित ११ जना घाइते भएकोमा गम्भीर घाइते भएका ५ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

दुर्घटनामा घाइते हुनेमा दुर्लुङकै तीन वर्षीय सौरभ वि.क., २३ वर्षीया शान्ति वि.क., ७० वर्षीय कृष्ण प्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ३५ वर्षीय मीन ब. क्षेत्री र कास्कीको पोखरा बस्ने १६ वर्षीय अमर वि.क. रहेका छन् । उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्याय जनाएका छन् ।

यसैगरी चार वर्षका प्रिन्स क्षेत्री, ५० वर्षीया चन्द्रकला क्षेत्री, ४६ वर्षीय अमृत क्षेत्री, ५५ वर्षीया हिरादेवी मगर र ७६ वर्षीय भवदत्त शर्मालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । जीप उकालोमा अनियन्त्रित भई सडकबाट करिब ३०-३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button