अलास्का प्रायद्वीपमा ७.४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

अमेरिकाको दक्षिणपश्चिमी राज्य अलास्कामा ७.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकाको जियोलोजिकल सर्भे(युएसजीएस) का अनुसार आइतबार नेपाली समय १२:३३ बजे अलास्का प्रायद्वीपमा ७.४ रेक्टर स्केलको भूकम्प गएको हो । त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ भने ५.७ रेक्टर र ४.६ रेक्टर स्केलका अन्य दुई भूकम्प गइसकेका छन् ।

भूकम्पपछि प्रायद्वीपको कतिपय स्थानमा बाढी पसिसकेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे भने कुनै जानकारी प्राप्त भएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button