सुनसरीमा कुटपिट गरि सामाजिक सञ्जालमा भिडियो हाल्ने ग्याङका तीन पक्राउ

सुनसरीमा तीन महिलालाई निर्घात कुटपिट गरि सामाजिक सञ्जालमा भिडियो पनि अपलोड गर्ने ग्याङका तीन जना पक्राउ परेका छन् ।

असार २९ गते साँझ ५ बजेतिर सुनसरीको बराहक्षेत्र न.पा. वडा नं.९ राजाबासस्थित चिहान डाँडाको कोशी किनारमा तीन जना महिलालाई झुक्याएर बोलाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाउने पाँच जना मध्येका तीन युवती पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र न.पा. वडा नं. १० प्रकाशपुर बस्ने १९ वर्षीया प्रिति लिम्बु, सोही नगरपालिका वडा नं. ८ सैनिकटोल बस्ने १८ वर्षीया दुर्गा राई र २२ वर्षीया विनिता उराँव रहेका छन् ।

पक्राउ पर्ने मध्ये लिम्बुलाई सोही दिन र बाकिँ दुईजनालाई साउन २ गते प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले सुनसरीको इटहरी बजारबाट पक्रा गरेको हो । घटना संलग्न अझै दुई जना फरार रहेका छन् । उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button