आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रहने

जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा मौसम सफा रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र बाग्मती प्रदेशमा एक दुई स्थानमा भने वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाकिँ भूभागका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको बाकिँ प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button