टाइप ५४ पेस्तोलसहित एक पक्राउ

रुपन्देहीमा टाइप ५४ चाइनिज पेस्तोलबाट फायर गरि फरार भएका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका–४ महदेबा बस्ने ३० वर्षीय राजु यादव भनिने इन्द्रकेश यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यादवले असार १९ गते जिल्लाको मर्चवारी गाउँपालिका वडा नं.४ पुन्हिकोट बाट दुबलिया जाने बाटोको खैरा गाउँमा सडक पिच गर्ने क्रममा निर्माण व्यवसायीसँग वादविवाद गरेका थिए ।

वादविवादपश्चात् उनले रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं. ६ पर्सहवा बस्ने श्रीराम यादवले काम गरिरहेको स्थानतिर पेस्तोल जस्तो देखिने हतियारद्धारा फायर गरी फरार भएका थिए । यादवलाई प्रहरीले सोमबार उनकै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले यादवको साथबाट मेड टाइप ५४ चाईनिज पेस्तोल एक थान, उक्त बन्दुकको गोली एक थान, फायर भएको खोका एक थान र घटनामा प्रयोग भएको लु ३३ प ७६५३ नं. को सुपर स्प्लेन्डर बाइक बरामद गरेको छ । उनलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसूर मुद्धामा अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button