नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च

नेपाली बजारमा सुनको मूल्यले पूराना सबै रेकर्ड तोड्दै इतिहासकै उच्च विन्दुमा पुगेको छ । सुनको भाउ बिहीबार प्रति तोला ५ सय रुपैयाँले बढेको छ । बुधबार ६ सयले बढेको सुनको मूल्य आज थप ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार ५० रुपैयाँ तय भएको जनाएको छ । हिजो छापावाल सुनको मूल्य तोलाको १ लाख १३ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५ सय ५० रुपैयाँ कायम थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि प्रति तोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघले चाँदी आज प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button