सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ अब सञ्चालन नहुने

कलाकार सन्दीप क्षेत्रीले कान्तिपुर टिभीमा प्रस्तुत गर्दै आएको कार्यक्रम ‘ह्वाट द फ्लप’ अब सञ्चालन नहुने भएको छ ।

टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जानकारी दिएको हो । असार २३ गते प्रसारित कार्यक्रममा प्रस्तोता र छनोट भएका पात्रसँगको संवाद टेलिभिजनको सम्पादकीय नीतिविपरीत भएको भन्दै उक्त भाग पनि युट्युबाट हटाइएको जनाइएको छ ।

असार २३ गते शनिबारको कार्यक्रममा प्रस्तोता क्षेत्रीले अभिनेता पल शाहसँगको अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । उक्त कार्यक्रमको ठाउँमा छिट्टै नै उत्कृष्ट कार्यक्रम लिएर आउने टेलिभिजनले सूचनामा जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button