भोलि सभागृहमा सार्वजनिक सुनुवाई, उपस्थितिका लागि पोखरा महानगरको आग्रह

पोखरा, ०४ साउन ।  पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।

महानगरपालिकाका अनुसार भोलि शुक्रबार पोखरा सभागृह हलमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको हो  ।

कार्यक्रममा नगरप्रमुख धनराज आचार्यले नगरबासीका चासो, गुनासो, समस्या र  प्रश्न सुनेर जवाफ दिनेछन् ।

महानगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा केन्द्रित भएर गर्न लागिएको सुनुवाइ कार्यक्रम भोलि मध्यान्ह १२:३० बजे हुनेछ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिका लागि महानगरले सम्पर्ण नगरवासी र सरोकारवालाहरुमा अनुरोध समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button