युवतीमाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ मैकल बजार नजिकै अन्दाजी १७ वर्षीया सोविता बुढालाई लक्षित गरि एसिड फाल्ने सोही स्थानका १६ वर्षीय आशिष सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनले फालेको एसिड युवतीमा नपरी स्थानीय नेत्रबहादुर शाहीको बायाँ हातमा पर्दा शाही घाइते भएका छन् ।

एसिड प्रहार गर्दा सुनारसँगै अर्का युवक पनि साथै भएको प्रत्यक्षदर्शीले जानकारी दिएपछि ती युवकको खोजी भइरहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button