आजको मौसम : देशभर बदली रही केही स्थानमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी वायुको आंशिक प्रभाव रहेको हुँदा देशको केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाकिँ भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति आंशिकदेखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button