आजबाट पृथ्वीचोकदेखि चाइनापुलसम्म पार्किङ निषेध, अवज्ञा गरे कारवाही

पोखरा, ०७ साउन । पोखराको पृथ्वीचोकदेखि चाइनापुलसम्मको क्षेत्रमा आजबाट पार्किङ निषेध गरिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आइतबारबाट उक्त क्षेत्रको सडकको दुवै तर्फ सवारीसाधन पार्किङ गर्न रोक लगाइएको हो ।

सुरक्षा समितिको निर्णयलाई पूर्ण रुपमा लागू हुने भन्दै पोखरा महानगरपालिकाले सूचना समेत जारी गरेको छ ।

‘पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि प्रयोजनका लागि सवारीसाधन पार्किङ गर्ने कार्य मिति २०८० साउन ७ गते आइतबारदेखि पूर्ण रुपमा निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ,’ महानगरले जारी गरेको सुचनामा भनिएको छ ।

सुरक्षा समितिको निर्णयलाई पोखरा महानगरपालिकाले व्यवस्थापन गर्ने जनाउदै महानगरले अवज्ञा गर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button