सडकमै ट्राफिकलाई कुटपिट गर्ने युवक पक्राउ

ललितपुरमा सडकमै ड्युटीमा रहेका ट्राफिकलाई कुटपिट गर्ने युवक पक्राउ परेका छन् ।

ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि निर्घात कुटपिट गर्ने २६ वर्षीय विश्वास राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने राईले  शुक्रबार दिउँसो ड्युटीमा खटिएका शाहसँग आफै निहुँ खोजी अकास्मात् कुटपिटमा उत्रिएका थिए ।

राईलाई शुक्रबार नै पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको थियो । उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button