
सुनको भाउ आइतबार प्रति तोला ५ सय रुपैयाँले घटेको छ । शुक्रबार ८ सयले घटेको सुनको मूल्य आज थप ५ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय ५० रुपैयाँ तय भएको जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै, आइतबार चाँदीको मूल्यमा पनि १५ रुपैयाँले गिरावट आएको छ । महासंघले चाँदी आज प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम थियो ।