पोखराको फुस्रेखोलामा डुबेर १६ वर्षीय किशोरको मृत्यु

पोखराको फुस्रेखोलामा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

साउन ६ गते साँझ ५:२० बजेको समयमा पोखरा-१७ विरौटा पावरहाउस नजिकै रहेको फुस्रेखोलामा पौडी खेल्ने क्रममा पोखरा-८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा करिब साढे २ घन्टा पछि डुबेको ठाउँ नजिकै खोंचमा उनलाई फेला पारिएको थियो ।

कुँवरलाई उद्धार गरि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button