ट्विटरमा अब असीमित मेसेज गर्न महिनाको १४ सय ४० रुपैयाँ तिर्नुपर्ने

सामाजिक सञ्जाल ट्विटरमा अब असीमित मेसेज गर्न महिनाको १४ सय ४० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

कम्पनीको नयाँ नियम अनुसार अन असीमित डिएम अर्थात डाइरेक्ट मेसेज पठाउन अब प्रयोगकर्याले ब्लु टिक भेरिफिकेसन लिएको हुनुपर्नेछ । उक्त सुविधा लिएका ग्राहकले मात्र अब दैनिक असीमित ट्विट हेर्न तथा मेसेज पठाउन सक्नेछन् ।

शुक्रबारदेखि लागू उक्त नियम पछि अब साधारण प्रयोगकर्ताले अब दैनिक पठाउने मेसेजमा सीमा तोकिनेछ । उक्त सीमा कति हुने भन्ने बारे भने कम्पनीले केही जनाएको छैन ।

ट्विटरका सिइओ इलोन मस्कले बोट र स्पाम रोक्न यस नयाँ नियम ल्याइएको बताएका छन् । तर ट्विटरका आम प्रयोगकर्ताले भने यो नियम प्रयोगकर्तालाई  ब्लु टिक भेरिफिकेसन लिन बाध्यात्मक अवस्था बनाउन ल्याइएको आरोप लगाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button