मौद्रिक नीति सार्वजनिक, नीतिगत दर ६.५ प्रतिशतमा झारियो

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको छ । जस अनुसार नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ भने बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल
दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

बजेटका लक्ष्य प्राप्ति गर्न सघाउने गरि ल्याइने भनिएको नीतिमा खासै विशेष व्यवस्था भने केही पनि गरिएको छैन । नीतिमा मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो
मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको जनाइएको छ । यसैगरी नीतिले वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ प्राथमिकता दिने उल्लेख गरिएको छ ।

नीतिले कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने  लक्ष्य राखेको छ भने मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी
मौद्रिक व्यवस्थापन गरिने जनाइएको छ । आर्थिक वर्ष २०८०÷८१ को नेपाल सरकारको बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने नीतिको प्राथमिकतामा परेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button