ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

नेपालगञ्ज । नेपालगञ्जमा सवारी दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ की १७ वर्षीया सालिनी पाठक रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार सो दुर्घटनामा सालिनीका बुबा घाइते भएको र उनको उपचार भइरहेको छ ।

आइतबार साँझ ना३ख ८८५२ नम्बर ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

सालिनी बुबाले चलाएको मोटरसाइकलमा पछाडि बसेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button