एकै दिनमा ह्वात्तै बढ्यो सुनको भाउ

  • पोखरा न्यूज
  • २०८० मंसिर १७
Post Thumbnail

पाेखरा  । सुनको मुल्य एकैदिन १८ सय रूपैयाँ बढेको छ ।

आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार दुई सय पुगेको हो ।

यो अहिलेसम्मकै उच्च हो । यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो ।

गत शुक्रबार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस