पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित केभ सिटी पर्यटन सहकारी संस्थाको अध्यक्षमा बेनीबहादुर बस्नेत निर्वाचित भएका छन् ।
संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
सहकारीको वरिष्ठ उपाध्यक्षमा दुर्गालाल श्रेष्ठ, उपाध्यक्षमा प्रकाश थापा, सचिवमा तुलबहादुर बस्नेत, सहसचिवमा चन्द्राकुमारी देवकोटा, कोषाध्यक्षमा मोहन बहादुर थापा र सहकोषाध्यक्षमा प्रकाश भट्टराई छन् ।
यसैगरी संस्थाको कार्यसमिति सदस्यमा केदारनाथ अधिकारी, कुमार श्रेष्ठ, यमबहादुर खवास, बलराम तिमिल्सिना, तिलुमाया खवास र गंगा कार्की छन् ।
यसअघि अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका पूर्व सांसद कृष्ण थापाले अन्य सहकारीको तुलनामा पर्यटन सहकारीको क्षेत्र विस्तृत भएको बताए ।
पूर्वमन्त्री कुमार खड्काले स्थानीय समुदायको आर्थिक वृद्घिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
सहकारीका अध्यक्ष बेनी वहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, जयलक्ष्मी सहकारीका प्रबन्ध निर्देशक सुशील केसी, शेयर सदस्य मोहन थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका सचिव तुलबहादुर बस्नेतको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष केदारनाथ अधिकारीको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक सुरेन्द्र थापाको लेखा प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
संस्थाका सहकोषाध्यक्ष प्रकाश भट्टराइले स्वागत र कार्यक्रमको संचालन सहसचिव चन्द्राकुमारी देवकोटाले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution