सुनको भाउ आज पनि घट्यो

पाेखरा । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रूपैयाँ ५० मा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button