सुनको मूल्य वृद्धि

पोखरा । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

यता, मंगलबार १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार सामान्य घटेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button