सुनको मूल्य ह्वात्तै घट्यो

पोखरा । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको थियो ।

उक्त दिन सुन प्रतितोला १ लाख २२ हजार रूपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

शुक्रबार भने सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ३ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख २२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button