पोखरा । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेर सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल् समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ३ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा करोबार भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution