सुनको मूल्य आज कति ?

पोखरा । सुनको मूल्य लगातार तेस्रो दिनदेखि स्थिर रहेको छ ।

महासंघले आजको मूल्यसूची तय गर्दै लगातार तेस्रो दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।

महासंघले हिजो सोमबारको तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

हिजो तोलामा १ हजार ३ सय ९० रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button