पोखरा । आठौँ संस्करणको मिस तामाङको ग्राण्ड फिनाले आज हुँदैछ । ग्राण्ड फिनालेमा तामाङ समुदायका १० जना युवती पोखरा सभागृहमा स्टेज उत्रिदैछन् ।
मञ्जुश्री संवत् २८६०औं सोनाम ल्होसार अवसरमा बैदाम तामाङ सेवा समाज पोखराले यो ब्युटी पेजेन्टलाई निरन्तरता दिइएको हो ।
नेपालभरबाट भाग लिएका प्रतिस्पर्धीमा मनिका लामा तामाङ, रिमाया तामाङ, दीक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ र वर्षा लामा तामाङ छन् ।
मिस तामाङ पोखरा-२०२४ विजेताले १ लाख, फस्ट रनर अपले ५० हजार र सेकेन्ड रनर अपले ३० हजार साथमा ताज, ट्रफी, प्रमाणपत्र जित्ने छन् । भ्यूअर्स च्वाइसलाई २० हजार दिइने आयोजक बैदाम तामाङ समाज अध्यक्ष ज्याक तामाङले बताए ।
४५ दिनको तालिमपछि उनीहरुलाई ग्राण्ड फिनालेमा उतार्न लागिएको हो । जसमा तामाङ भाषा, संस्कार, सभ्यता तथा रहन-सहनका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियरसम्बन्धी तालिम, साइबर सेक्युरिटी, आत्मविश्वास, सौन्दर्यकलासम्बन्धी तालिम प्रदान गरिएको तालिमका एक प्रशिक्षक सञ्जयकुमार मल्लले बताए ।
वाग्ममती प्रदेश सभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यमा हुने ग्राण्ड फिनालेमा प्रमुख निर्णायक क्या. विजय लामा रहनेछन् ।
यस्तै गायक एवं संगीतकार राजनराज शिवाकोटी र सञ्जीव वाइवाको प्रस्तुति पनि रहनेछ । कार्यक्रम सञ्चालन चर्चित सञ्चारकर्मी दिनेश डिसीले गर्नेछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution