पोखरामा वरिष्ठ लोकगायक कुमार बस्नेत र राजन कार्कीलाई सम्मान गरिने

पोखरा । पोखरास्थित कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोकगायक कुमार बस्नेत र राजन कार्कीलाई सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको १३औं स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मान गर्न लागेको हो ।

स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित सम्मान गर्न लागिएको हो । कार्कीलाई चेतन कार्की नवप्रतिभा प्रोत्साहन सम्मान पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ नगद रहेको छ ।

सम्मान कार्यक्रम माघ २४ गते बुधबार हुने प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए । वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले सम्मान गर्ने कार्यक्रम छ ।

पुरस्कार छनोट समितिका संयोजक खेम गुरुङको संयोजकत्वमा गठन भएको समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गर्ने निर्णय गरिएको हो । छनोट समितिको सदस्यमा पदमराज ढकाल, मनकुमार श्रेष्ठ, ज्ञानबहादुर थापा र यामबहादुर गुरुङ रहेका थिए । स्मृति दिवसलाई भव्य बनाउन तयारी तीव्र बनाइएको प्रतिष्ठानका सचिव जीवन दाहालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button