पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुलले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विद्यालय स्थापनाको २५औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ ।
पहिलो रक्तदाता विद्यालयका पूर्वविद्यार्थी सलिल बराललाई ब्लडव्याग हस्तान्तरण गर्दै पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले कार्यक्रम शुभारम्भ गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटनमैत्री शिक्षामा जोड दिनुपर्ने बताए ।
विद्यालय प्राचार्य अर्जुन प्रसाद पाण्डेले विद्यालयले शैक्षिकसंँगै व्यवहारिक शिक्षालाई पनि जोड दिंदै आएको बताए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार विष्णुहरि अधिकारी, व्यवस्थापन समितिका सदस्य फत्तबहादुर थापा, लालबहादुर कुँवर, वसन्त बैठक टोल विकास संस्थाका तुलसी दाहाल, जगदम्बा आमा समूहकी हेमा पहारी, कार्यक्रम संयोजक विमर्श कुँवर लगायतले बोलेका थिए ।
विद्यार्थीद्वय सजिना राई र रश्मी विकले सञ्चालन गरेको कार्यक्रममा विद्यालय संस्थापक बबिता भण्डारीले स्वागत गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution