पोखरामा १७औँ बिटीकप फुटबल प्रतियोगिता आजदेखि

पोखरा । पोखरामा १७औं बिटीकप खुला सेभेन ए साइड फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा पोखराको पुरानो टुँडिखेल मैदानमा खेल सञ्चालन हुनेछ ।

क्लबका अध्यक्ष अशिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए ।

पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको सूचीमा बिटीकप पनि पर्दछ ।

प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने अध्यक्ष थापाको विश्वास छ ।

प्रतियोगिता विजेताले १ लाख ७१ हजार १ सय ११, उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button