साइनिङ स्टार स्कुलको रजत जयन्तीमा कलाकार घिमिरे सम्मानित

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ स्थित साइनिङ स्टार स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालय २५ वर्ष प्रवेश गरेको अवसरमा आयोजित रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरिएको हो ।

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले कलाकार घिमिरेलाई चाँदीको करुवासहित सम्मान गरे ।

सो अवसरमा प्राडा गुरुङले निजी विद्यालयले राज्यलाई महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे । विद्यालयले अन्तर्राष्ट्रिय स्तरमासमेत भगिनी सम्बन्ध कायम गर्दै विश्व जगतमा नेपाली शिक्षा तथा संस्कृति चिनाउन मद्धत पुर्याएकोमा प्रशंसा गरे । अबको शिक्षा व्यवहारिक हुनुपर्नेमा उनले जोड दिए ।

सम्मानित व्यक्तित्व घिमिरेले सम्मानले आफूलाई यो क्षेत्रमा अझै केही गर्न प्रेरणा मिलेको बताए ।

समारोहमा शिक्षकह ललिता गुरुङ, विन्दु पौडेल, सावित्रा अधिकारी, निक्कु गुरुङ र मानबहादुर थापा, कर्मचारी जयराम लिगल, अनिषा हमाल र शर्मिला भुजेललाई दीर्घसेवा सम्मान गरिएको थियो ।

विद्यालयको साँझेदार जर्मनीको युभिए जिम्नाजियम स्कुलका हेड टिचर आना टे सोनहेरले संस्कृति, प्रविधि, शिक्षक तथा विद्यार्थीबीच कायम साझेदारीको सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पूर्वप्रमुख नारायण प्रसाद सुवेदी, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयल प्रमुख लक्ष्मण देवकोटा, एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी, वैज्ञानिक डा. सन्तोष कोइराला, एन प्याब्सन कास्की सल्लाहकार याम खड्का, रामबहादुर थापा, अभिभावक झम्कनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार, विष्णुहरि अधिकारी, वसन्त बैठक टोल विकास संस्थाका अध्यक्ष तुलसी दाहाल लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

समारोहमा अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका साथै चेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वविता भण्डारीले २५ वर्षसम्म विद्यालयलाई सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सकारात्मक सल्लाह सुझाव र सहयोगका लागि आग्रह गरिन् ।

विद्यालय प्राचार्य अर्जुनप्रसाद पाण्डेले रजत जयन्तिसम्म आइपुग्दा समाजका लागि थुप्रै प्रतिभा उत्पादन गरिसकेको बताए । आगामी वर्षमा थप विद्यार्थीमैत्री कार्यक्रम ल्याउन जोड दिइने उनको प्रतिवद्धता छ । शिक्षक मानबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button