पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजले २४ औं रक्तदान कार्यक्रम आयोजना गर्यो । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित सो कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।
कार्यक्रमका लागि एलसी ब्रदर्श युनाइटेडले सहयोग र युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी माविले सहकार्य गरेका थिए ।
समाजका आजीवन सदस्य डा. किरण आचार्यले पहिलो रक्तदाता कार्यसमिति सदस्य राजकुमार पौडेललाई व्लडव्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
सो अवसरमा आचार्यले नवआदर्शका हरेक गतिविधि उत्कृष्ट रहेको भन्दै आगामी दिनमा पनि मानवीय सेवा केन्द्रित कार्यक्रम गर्न सुझाए ।
कार्यक्रममा पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, सदस्य दुर्गादेवी बस्नेत, पोखरा-१६ का सदस्य मञ्जु बस्यालले स्वस्थ जीवनका लागि रक्तदान महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।
समाज अध्यक्ष स्वागतमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक एवं द्वितीय उपाध्यक्ष थीरबहादुर थापाले स्वागत र सहसचिव हरि थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution