सामुदायिक सेवा केन्द्रको रक्तदान, ५६ युनिट रगत संकलन

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ बगर सोमबार रक्तदान कार्यक्रम आयोजना गर्यो । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा ५६ युनिट रगत सकलन भएको कार्यक्रम संयोजक बाबुराम भण्डारीले जानकारी दिए ।

कार्यक्रमका लागि वडा कार्यालय पोखरा-१ ले सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा-१ को सहकार्य गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक प्रहरी शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमल शुभारम्भ गरेका थिए ।

एसपी थापाले सामुदायिक सेवा केन्द्र बगरका हरेक गतिविधि उत्कृष्ट रहेको चर्चा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री रमा कोइरालाले रक्तदानबाट कसैको जीवन बचाउन सकिने बताइन् । उनले यस्तै संघसंस्थाको सक्रियताबाट नै कास्कीले रगत अभाव झेल्न नपरेको दावी गरिन् ।

पोखरा १ का वडासदस्य जुमकाजी गुरुङ, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका पूर्व अध्यक्ष मनपति भण्डारी, केन्द्रका संस्थापक अध्यक्ष सीता गुरुङ, पूर्वअध्यक्ष पुरुषोत्तम श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी उपशाखा-१ बगरका सभापति जीवन अधिकारी, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, सल्लाहकार प्रेमबहादुर गुरुङ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथका अध्यक्ष कृष्ण अधिकारी, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, लागूपदार्थ नियन्त्रण समाज सुधार आमा समूहकी अध्यक्ष कल्पना बास्तोला लगायतले बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-१ का अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक भण्डारीले स्वागत र कोषाध्यक्ष कृष्णबहादुर तामाङले सञ्चालन गरेका थिए ।

सो अवसरमा एसपी थापा गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट प्रहरी कर्मचारी घोषित भइ पुरस्कृत भएकोमा बधाइ ज्ञापन गरिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button