काँहू आधारभूत विद्यालयको ५५ औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ काहूँडाँडास्थित काँहू आधारभूत विद्यालयको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले सामाजिक पवित्रस्थल शिक्षालय भएकाले कला र क्षमताको विकास गराएर विद्यार्थीको भविष्य उज्ज्वल बनाउनुपर्नेमा जोड दिए ।

उनले समयले मागेको विषयलाई प्राथमिकता दिन आग्रह गरे । उनले श्रव्य र दृश्य सामग्री उपलब्ध गराइ गुणस्तरयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।

पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले विद्यालयको शैक्षिक एवं भौतिक जग बलियो बनाउन आफू क्रियाशील भएको बताए ।
उनले बालमैत्री फर्निचर छिटोभन्दा छिटो वडाबाट उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

विद्यार्थीलाई ५५ जोर न्यानो कपडा वितरण गर्दै समाजसेवी उर्मिला बस्नेतले आफूले निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाइन् ।

उनले आफू तीर्थबहादुर बस्नेतको परिवारमात्र नभई समाजसेवामा पतिले देखाएको पवित्र कार्यमा हातेमालो गर्दै विद्यालयको हितमा अघि बढ्ने बताइन् । सो अवसरमा बलराम घिमिरेको समन्वयमा विद्यार्थीलाई जुत्ता र मोजासमेत हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा समाजसेवी तारादेवी पहारीले आफ्ना पति एवं विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गा पहारीको स्मृतिमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष रकम हस्तान्तरण गरेकी छन् ।

विद्यालयका प्रधानाध्यापक सुरजबहादुर क्षेत्रीले विद्यालयको वार्षिक अवस्थाबारे जानकारी गराएका थिए । उनले जोखिमयुक्त भवनमा विद्यार्थीलाई पढाउनु परेको दुःखेसो पोखे ।

काहूँ बृहद् खानेपानी आयोजनाका अध्यक्ष मीनबहादुर गुरुङले अभिभावक भेला भने पनि उनीहरुका कुरा सुन्ने थलो नभएको तर्क गरे ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालय शिक्षक दुर्गा पौडेल घिमिरेले जानकारी दिइन् ।

विद्यार्थीहरु कक्षा नर्सरीमा क्रमशः युनिक केसी, क्रियन्स कार्की, ओजस्वी लामिछाने, कक्षा केजीमा उज्ज्वल लामिछाने, आयुष्मा सुनार, रोनिक केसी प्रथम, द्वितीय र तृतीय भएका थिए ।

कक्षा १ मा कुशल दाहाल, संदीप धिमाल, इसिका कार्की, कक्षा २ मा शिक्षा लिम्बु, समुयल राना, सुस्मिता सुनार कक्षा ३ मा संजोग भुजेल, सुविना सुनार र समिर भुजेल पुरस्कृत भए ।

कक्षा ४ मा गौरव सुनार, दिप्सन बराल, सुस्मिता विसुन्के भए भने कक्षा ५ मा सन्ध्या रानामगर, कृतिका घिमिरे र समीना बरालले प्रथम, द्वितीय र तृतीय स्थानका पुरस्कार प्राप्त गरेको शिक्षक सिर्जना पौडेलले जानकारी दिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर बस्नेत अभिभावकको सक्रिय उपस्थिति नै विद्यालयको गहना हुने बताए ।

दानवीरहरुबाटै आजसम्म विद्यालय सञ्चालन भइरहेको भन्दै बस्नेतले दिन सक्नेले रकम दिने नसक्नेले खवरदारी भनेपनि गर्नै पर्ने बताए ।

उनले विद्यार्थीको क्षमता सरकारीमा कमजोर र बोर्डिङमा बढी हुने भ्रम समाजमा रहेकाले सबै शिक्षकले त्यसको जिम्मेवारी लिन सक्नुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button