पोखरा-२७ तालचोकस्थित डायमण्ड माविकाे ३६औं वार्षिकोत्सव

विष्णुहरि पौडेल
लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ तालचोकस्थित डायमण्ड माविको ३६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

दुई दिवसीय कार्यक्रम समापन गर्दै साहित्यकार तीर्थ श्रेष्ठले शिक्षा र संस्कारलाई संँगै जोडेर सिकाउन सके शैक्षिक उपलब्धि राम्रो हुने बताए । स्थानीय सीप, ज्ञान र प्रविधिको संरक्षण र मौलिक संस्कृति जगेना गर्नुपर्नेमा उनले जोड दिए ।

प्याव्सन केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकीले २१औं शताब्दीको शिक्षाका चुनौतीलाई सामना गर्दै अघि बढ्ने जनशक्ति आवश्यक रहेको बताए ।

विद्यालयका प्राचार्य यमबहादुर रोकाले विद्यालयले हालसम्म करिब १ हजार ५ सय भन्दा वढि विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्न सफल भएको बताए ।

कार्यक्रममा भूपू विद्यार्थी बुद्धिसागर अधिकारी, अभिभावक तथा लेखनाथ उद्योग वाणिज्य संघ द्वितीय उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, विद्यार्थी आयुषा ढुंगाना, आकृति पाण्डे र अंकिता आचार्य, शिक्षक सविता ढुंगाना र तारानाथ पराजुली लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज लामिछाने भोलाको अध्यक्षतामा भएको थियो ।

सोही अवसरमा व्यवस्थापनतर्फ सपना कंडेललाई पदम डायमण्ड अवार्ड प्रदान, विद्यार्थी अनुषा लामिछाने, सन्देश जिसी र निमेश गिरीलाई सम्मान गरिएको थियो ।

यस्तै, शिक्षकतर्फ १० वर्ष सेवा गरेका नारायणप्रसाद वाग्ले, सविता ढुंगाना, ज्योती थापा, गंगा शर्मा र हरिमाया गुरुङलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले शैक्षिक प्रदर्शनी तथा सास्ंकृतिक प्रस्तुति राखेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button