नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग ८ विकेटले पराजित भएको छ ।

जितका लागि नेपालले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे ।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान १/१ विकेट लिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै १ सय ७२ रनको योगफल बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै ८ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले ७ र गुल्शन झाले ५ रन बनाए ।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान ३/३ विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले १ विकेट लिए ।

यस जितसँगै नेदरल्यान्डसले प्रतियोगितामा ४ अङ्क जोडेको छ । नेदरल्यान्डसले नामिबियालाई पहिलो खेलमा ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो ।

नेपालले लिग-२ को पहिलो चरणको खेल सकिदा २ अङ्क बटुलेको छ । नेपालले नेदरल्यान्डसलाई ९ विकेटले पराजित गरेको थियो भने नामिबियासँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २ विकेटले पराजित भएको थियो ।

नामिबियाले ३ मा जित हासिल गर्दै ६ अङ्क बटुलेको छ । नामिबिया लिग २ को शीर्ष स्थानमा छ ।

नेदरल्यान्डस ४ खेलमा २ मा जित तथा २ खेलमा हार बेहोर्दै ४ अङ्कका साथ दोस्रो स्थानमा छ । समान ४ खेल खेलको नेपालले १ मा जित तथा ३ मा हार बेहोर्दै २ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button