शेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं । शेयर बजारमा मंगलबार पनि सामान्य अंकको सुधार आएको छ ।

उतार चढावका बीच ९ अंकले बजार उकालो लाग्दा बजारपरिसूचक नेप्सेले २ हजारको बिन्दु पार गरेको छ ।

१३ वटा उपसमुहरु मध्ये आधा हरियो आधा रातो रहँदा कारोबार रकम भने २अर्ब तलै रह्यो ।

बैंक, जलविद्युत, उत्पादन, लघुवित्त, निर्जीबन बीमा र व्यापार समूह सामान्य अंकले बढ्दा वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र अन्य समूह ओरालो लागेका छन् ।

मंगलबार बोटलर्स नेपाल बालाजु र बिपिडब्लु लघुवित्तको शेयर मूल्यमा सकारात्मक लेवलमा कारोबार भएको छ ।

कारोबार रकमको आधारमा सोनापुर मिन्नरल्सको सर्वाधिक १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

१ सय ४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको घटेको छ भने ३ सय ८ कम्पनीको ५२ लाख कित्ता शेयर १ अर्ब ८६ करोड बराबरमा किनबेच भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button