सुनको मूल्य रु १ लाख २६ हजार

पोखरा । नेपाली बजारमा सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ ।

अघिल्लो साताको सोमबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा आज थप १ हजार रुपैयाँले वृद्धि हुँदै १ लाख २६ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो हप्ताको मूल्यमा ५ रुपैयाँ बढ्दै आज प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button