मोटरसाइकल चोरीमा संलग्न बराम पनि पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले मोटरसाइकल चोरीमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका वडा नं. ३ बर्ष २७ का सुपारे भन्ने उज्जल बराम रहेका छन् ।

उनलाई चैत २ गते पक्राउ गरी अदालतबाट चोरी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यसअघि ११ जनालाई पक्राउ गरी उनीहरुबिरुद्ध चोरी शीर्षकमा अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button