बागलुङ बस दुर्घटना अपडेट : २५ जना गम्भीर घाइते धौलागिरि अस्पतालमा

बागलुङ । बागलुङको निसीखोला दुर्घटनामा परी गम्भीर घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा ल्याइएको छ ।

पूर्वी रुकुमदेखि काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका वडा नं. ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

बागलुङमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । उनका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ ।

घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धौलागिरि अस्पताल बागलुङमा पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले जानकारी दिए ।

घाइतेलाई एम्बुलेन्स तथा गाडी व्यवस्थापन गरी बागलुङ पठाएको उनको भनाइ छ । बस सडकदेखि ३ सय मिटर तल खसेको छ ।

प्रहरी निरीक्षक विकका अनुसार सातजनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृत्यु हुने अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सात जनाको शव सङ्कलन गरी रुकुम पठाइएको उनको भनाइ छ ।

बाटोमा मृत्यु भएकामध्ये एक जनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button