सुनको मूल्य बढ्यो

पोखरा । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button