पोखरामा होली म्युजिक फेष्टिभल

पोखरा । पोखरामा दोस्रो होली म्युजिक फेष्टिभल हुने भएको छ । फेष्टिभल यही चैत ११ गते लेकसाइड हलनचोकस्थित क्याम्पिङचौरमा हुनेछ ।

सो अवसरमा नेपथ्य व्यान्डका पूर्व भोकलिष्ट गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारले प्रस्तुति दिनेछन् ।

कार्यक्रममा देउराली व्यान्डका आनन्द बज्राचार्य, विनोद बानिया, पखेरी व्यान्डका इन्द्र गुरुङ, उषा गुरुङ, मिलन गुरुङ, प्रिया गुरुङ, ब्रोसिस व्यान्डका प्रकाश राना र रोहनजंग कार्कीले प्रस्तुति दिनेछन् ।

अन्त्यमा डिजे भिटिजे विजयको डिजेइङसहित समापन हुने कार्यक्रम संयोजक तथा संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।

कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोष स्थापनाका लागि फेष्टिभल आयोजना गरिएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले जानकारी दिए । फेष्टिभलमा निःशुल्क प्रवेश पाइनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button