पोखरा अल्ट्रालाइटको १५ प्रतिशतसम्म छुट

पोखरा । पोखरास्थित पोखरा अल्ट्रालाइटले अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम् १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको फागुपूर्णिमा लक्षित योजना मंगलबारसम्म लागू हुने जनाइएको छ ।

योजनाअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको हो ।

अल्ट्रालाइटअन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमशः १७ हजार छ सय, २५ हजार छ सय, ३८ हजार चार सय, ५३ हजार एक सय बीस रुपैयाँ निर्धारण हुँदै आएको छ ।

साहसिक पर्यटकीय गतिविधिअन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत यात्रुले पोखरा सहर, माछापुछ्रे, कपुचे ताल, अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सक्छन् ।

पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ । एक सय किलोग्रामसम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ ।

पोखरामा सन् १९९७ बाट अल्ट्रालाइट उडान सेवा सुरू भएको हो । आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरू भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button