धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुले कल्याणकारी समाजले स्थापनाकालदेखि नै उल्लेख्य काम गर्दै आइरहेको भन्दै प्रशंसा गरे ।
उनले आगामीमा पनि गर्ने कार्यहरुमा समाज र आफ्नो व्यक्तिगत तवरले सधैं साथ रहने प्रतिवद्धता जनाए ।
कल्याणकारी समाजका अध्यक्ष बुद्धराज बस्यालले समाजको गतिविधि र भित्तेपात्रो प्रकाशनबारे प्रकाश पारेका थिए ।
समाजका परिकल्पनाकार गोपाल नेपालीले सबैको सहयोग र मायाले संस्था यहाँसम्म आउन सफल भएको भन्दै आगामी दिनमा जग्गा खरिद र भवन निर्माणका लागि प्रयास गरिने बताए ।
वरिष्ठ सल्लाहकार तेजबहादुर नेपालीले सहकार्य, सद्भाव र सबैको सहयोगबाट संस्थालाई अघि बढाउन सकिएको स्पष्ट पारे ।
कार्यक्रममा सल्लाहकार प्रेम नेपाली र महासचिव मिस्टर नेपालीले समाजको गतिविधिकारे जानकारी गराएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution