आज महावीर स्वामी जन्मजयन्ती मनाइँदै

पोखरा । आज २६२३औँ महावीर स्वामी जन्मजयन्ती । हहरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।

महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवानका रुपमा पूजा गरिन्छ । त्यसैकारण यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागीता रहन्छ ।

भगवान् महावीरलाई वीर, वर्धमान, अतिवीर र सन्मतिको नामले पनि सम्बोधन गरिन्छ । उनले आफ्नो जीवनमा तप र साधनाको नयाँ प्रतिमान स्थापित गरेका थिए ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

को थिए महावीर ?

महावीरको जन्म बिहारको कुण्डग्राममा ईसापूर्व ५ सय ९९ वर्ष पहिले चैत शुक्लको त्रयोदशीका दिन एक राज परिवारमा भएको थियो । उनका पिताका नाम राजा सिद्धार्थ र माता रानी त्रिशला थिइन् ।

भगवान् मावीरको बाल्यकालको नाम वर्धमान थियो । १२ वर्षसम्मको कठोर तपस्यापछि उनले आफ्ना इन्द्रियहरुमाथि विजय प्राप्त गरेको मानिन्छ । त्यसैकारण उनलाई महावीर नामले सम्बोधन गरिएको थियो । राज परिवारमा जन्म भएपछि संसारसामु ज्ञान फैलाउनका लागि उनी सन्त बनेका थिए ।

विवाह

महावीरको विवाहलाई लिएर दुुईथरी मत छ । श्वेताम्बर सम्प्रदायका मानिसहरु उनको विवाह यशोधरासँग भएको मान्छन् । उनीहरुका अनुसार यो जोडीकी एक छोरी प्रियदर्शना निकै सुन्दर थिइन् । यद्यपी, दिगंबर सम्प्रदायका मानिसहरुका अनुसार महावीरको विवाह भएको थिएन ।

३० वर्षको उमेरमा घर छाडे

महावीरले ३० वर्षको उमेरमै राजमहलको वैभवपूर्ण जीवन परित्याग गरेका थिए । यसपछि उनी ज्ञान र साधनाको बाटोमा हिंडे । एउटा अशोक वृक्षमुनी बसेर ध्यान गर्न थाले । उनले आफ्नो कठोर तपस्यामार्फत सबै इच्छाहरु र विकारहरुलाई काबुमा लिए ।

त्यसपछि उनी वर्धमानबाट भगवान् महावीरका रुपमा चिनिन लागे । उनले आफ्नो पूरै जीवन जनकल्याणमा समर्पित गरिदिए । उनले समाज व्याप्त कुरुती र अन्धविश्वासलाई टाढा गरिदिए ।

पाँच सिद्धान्त

भगवान् महावीरले मोक्षको प्राप्तिपछि पाँच सिद्धान्तका विषयमा बताए । उनले आफैं यसको पालना गरे र उनी गइसकेपछि उनका अनुयायीले महावीरद्धारा प्रतिपादित पाँच सिद्धान्तलाई मानिसहरुसम्म पुर्याउने काम गरे ।

उनले आफ्ना प्रत्येक अनुयायीका लागि अहिंसा, सत्य, अचौर्य, बम्ह्चर्य र अपरिग्रहका पाँच व्रतहरु पालना गर्नु आवश्यक छ भन्ने बताए । यी सबै व्रतमा अहिंसाको भावना सम्मिलित छ । यहीकारण जैन विद्धानहरुको प्रमुख उपदेश ‘अहिंसा नै परम धर्मको, अहिंसा नै परम ब्रम्ह् हो, अहिंसाले नै सुख शान्ति दिन्छ’ भन्ने हुन्छ ।

अन्तिम तीर्थकर

झन्डै १२ वर्षको साधनापछि महावीरलाई सच्चा ज्ञान प्राप्त भयो । यसपछि महावीर स्वामी जैन धर्मको २४ औं र अन्तिम तीर्थकर बने ।

महावीरजीले अलग-अलग स्थानमा गएर जैन धमैका प्रचार गरे । उनले मानिसहरुलाई सही मार्ग देखाएर राम्रो जीवन जिउने प्रेरणा दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button