पोखरा । मुस्ताङको कागबेनीमा आज बिहान यात्रु बस दुर्घटना भएको छ ।
आज बिहान ९ बजे प्रदेश ३०१-०००६-ख-६२२ नम्बरको बस जोमसोम-मुक्तिनाथ सडक खण्डस्थित कागबेनीमा दुर्घटनामा परेको हो ।
मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गरेको बस सडकमै पल्टिएको छ ।
दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीको मुस्ताङ जिल्ला अस्पतालमा उपचार जारी छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डे, स्थानीय जनप्रतिनिधि लगायत घटनास्थलमा पुगेर उद्धारमा खटिएका थिए ।
बस सडकमै पल्टिएका कारण केही बेर जोमसोम-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution