सुरजले जिते पोखरा-७ स्तरीय दौड प्रतियोगिताको उपाधि

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा शनिबार आयोजित वडास्तरीय दौड प्रतियोगिताअन्तर्गत खुला पुरुषतर्फको उपाधि सुरज पौडेलले जितेका छन् । सो विधामा किशोर बराल द्वितीय, कविराज बराल तृतीय र नारायण त्रिपाठीले सन्त्वना स्थान हासिल गरेका छन् ।

यसै विधाअन्तर्गत खुल्ला महिलातर्फको उपाधि हरिकुमारी श्रेष्ठले जितेकी छन् । यस्तै, विमला केसी द्वितीय, सृजना कार्की तृतीय हुँदा लक्ष्मी बरालले सान्त्वना स्थान हासिल गरिन् ।

यस्तै, ५० वर्ष माथिको पुरुषतर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितीय, प्रेमबहादुर जिटी तृतीय हुँदा भक्तबहादुर गुरुङले सान्त्वना स्थान हासिल गरे ।

यसै विधाको महिलातर्फ गीताकुमारी पौडेल प्रथम, अम्विका बराल द्वितीय, नीली गुरुङ तृतीय हुँदा र राममाया जिसीले सान्त्वना स्थान हासिल गरेको आयोजक समिति सचिव मधु अधिकारीले जानकारी दिए ।

यता, २३ वर्ष मुनिको छात्र दौडमा रीतिक ढकाल प्रथम, समीर मर्हजन द्वितीय, विश्वास गदाल तृतीय र अमृत खड्काले सान्त्वना स्थान हासिल गर्दा छात्रातर्फ स्मृति विसी प्रथम, समृद्धी श्रेष्ठ द्वितीय, सुशीला गुरुङ तृतीय र आशा विकले सान्त्वना स्थान हासिल गरिन् ।

हरेक विधामा प्रथम हुनेले पाँच हजार पाँच सय ५५, द्वितीय हुनेले चार हजार चार सय ४४, तृतीय हुनेले तीन हजार तीन सय ३३ र सान्त्वना स्थान हासिल गर्नेले दुई हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

५० वर्षमाथिको खुला दौडमा वडावासी मात्रै र २३ वर्ष मुनीको दौडमा भने वडाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।

पाँच किलोमिटर दुरीको दौड नुवारथोकस्थित पुष्पलाल पार्कबाट दौड सुरु भएको थियो । त्यसपछि शिव मार्ग, मदरल्याण्ड मावि, ह्याप्पी बोडिङ्ग स्कुल, मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङचोक, घारीपाटनको हिमाली टोल, तीनकुने चोक हुँदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

प्रतियोगिता समापन समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कार्यक्रम निकै उदाहरणीय भएको बताए । उनले साधारण हिसावमा वातावरणमैत्री तरिकाले प्रतियोगिता गरिएको भन्दै प्रशंसा गरे ।

वडाध्यक्ष राममोहन आचार्यले दौड प्रतियोगितामा जस्तै सक्रियता र जागरुक अन्य गतिविधिमा पनि देखाउन वडावासीलाई आग्रह गरे ।

युवा उद्यमी एवं समाजसेवी किरण केसीले युवाहरु हरेक क्षेत्रमा जागरुक हुनपर्ने बताए ।

कार्यक्रममा मासबार आमा समूहकी अध्यक्ष शारदा गिरी र घारीपाटन जनजागृति बाआमा समूहका अध्यक्ष चम्पासिंह गुरुङ लगायतले बालेका थिए ।

प्रतियोगिता मूल आयोजक समिति संयोजक रविश्वर आचार्यको अध्यक्षता भएको कार्यक्रममा कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदीले स्वागत र सचिव मधु अधिकारीले सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button