तनहुँका २५ विद्यालयमा ‘ग्रीन आर्मी’

तनहुँ । वातावरण प्रदूषणलाई विद्यालयस्तरबाटै न्यूनीकरणमा योगदान गर्ने लक्ष्यसहित तनहुँका २५ विद्यालयमा ‘ग्रीन आर्मी’ कार्यक्रम सुरू गरिएको छ ।

जिल्लाको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका विद्यालयमा ग्रीन आर्मी कार्यक्रम सुरूगरिएको कार्यक्रमका जिल्ला संयोजक वसन्त पौडेलले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकास्थित पवित्रा माध्यमिक विद्यालयबाट करिब ५० विद्यार्थी र भानु माध्यमिक विद्यालयबाट ५० विद्यार्थी गरी एक सय विद्यार्थी ग्रनी आर्मी कार्यक्रममा समावेश भएका छन् ।

यस्तै, भानु नगरपालिकाको १३ वडाका २३ विद्यालयबाट करिब एक हजार जना विद्यार्थी कार्यक्रममा समावेश गरिएका पौडेलले जानकारी दिए ।

ग्रीन आर्मी कार्यक्रम अहिले देशका ४८ जिल्लामा सञ्चालन भएको ग्रीन आर्मी नेपालका चिफ मार्सल सविन शर्माले जानकारी दिए ।

उनले विद्यालयहरूमा ग्रीन आर्मी अध्याय गठन गरी बढ्दो वातावरण प्रदूषणलाई विद्यालयस्तरबाटै न्यूनीकरण गर्ने, हरित विद्यालय हरित समुदाय, स्वावलम्बी सोच, जनस्वास्थ्य, प्राथमिक उपचार, पिटी-परेड, आत्मरक्षा क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, कलात्मक क्षमता विकास, विपद् व्यवस्थापनसम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तथा अन्य सीपमूलक कार्यक्रम गरिने शर्माको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button