पोखरामा बिहानैदेखि वर्षा, देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

पोखरा  । पोखरा लगायत आसपासका क्षेत्रमा बिहीबार बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  नेपालमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।  साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको  छ ।

विहीबार गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आगामी केही दिन देशका धेरै ठाउँमा  मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button